रविलाई थप चार दिन हिरासतमा राख्न अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति पाएको छ।  

सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका उनीमाथि विगत दुई महिनादेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।  

मङ्गलबार आठौँपटक म्याद थपका लागि लगिएकोमा कास्की जिल्ला अदालतले थप चार दिन राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।  

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए। सोमबार प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन पाएको सरकारी वकिललको कार्यालयले पुस ५ मा अदालतमा रविविरुद्ध अभियोजन गर्दै छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।