बैंकर्स संघको अध्यक्षमा कोइराला सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला सर्वसम्मत भएका छन्।

संघको अध्यक्षमा प्रभु बैंकका सिइओ अशोक शेरचन बन्ने तयारी गरेको भए पनि शेरचनपछि हटेकाले कोइराला सर्वसम्मत अध्यक्ष भएका हुन् । कोइराला र शेरचनले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेको भए पनि शेरचनपछि हटेपछि कोइराला अध्यक्ष बन्ने निश्चित भएको छ।  संघको उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सिइओ सुरेन्द्रराज रेग्मी निर्विरोध भएका छन्। अहिले बैंकर्स संघको अध्यक्ष सुनिल केसी र उपाध्यक्ष कोइराला रहेका छन्।

संघको सदस्य रहेका नेपाल एसबिआई बैंकका सिइओ दिपककुमार दे र एभरेष्ट बैंकका सिइओ सुदेश खालिङको पदावधि सकिँदैछ। संघको साधारणसभाले संघको अध्यक्ष, उपाध्यक्ष र तीन जना सदस्यसहित नयाँ कार्यसमिति चयन गर्ने व्यवस्था छ।

कार्यसमिति सदस्यमा भने एभरेष्ट बैंकका सिइओ खालिङ दोहोरिने भएका छन् भने अन्य सदस्यमा नेपाल बैंकका सिइओ तिलकराज पाण्डेय र कुमारी बैंकका सिइओ रामचन्द्र खनाल हुने भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।