भैरहवा विमानस्थलमा पहिलो पटक चिनियाँ जहाज अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चिनियाँ जहाज अवतरण गरेको छ ।

शुक्रबार गौतमबुद्ध विमानस्थलमा एयर चाइनाले चार्टर्ड उडान गरेको हो ।

गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार एयर चाइनाको जहाज शुक्रबार मध्याह्न १२:३० बजे अवतरण गरेको थियाे । 

उक्त चार्टर्ड विमानमा २१७ यात्रु आएका थिए । उक्त जहाज चीनको सेन्जेनबाट आएको हो ।

हाल भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइ एयर एसियाले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। कतार एयरवेजले यसअघि उडान गरे पनि हाल स्थगित गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।