पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा कार्की विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  नेपाल  पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित  भएका छन् ।  अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यान नै विजयी भएको हो।  

कार्कीले दुई सय ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रेस चौतारीका रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत मात्रै प्राप्त गरेका छन्। 

उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान र कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्। 

त्यसैगरी सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् । 

यसैगरी राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन् । 

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।