माओवादीले बोलायो स्थायी समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज  स्थायी समिति बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ। बैठकमा आसन्न केन्द्रिय समितिको एजेण्डा र तयारी लगायतका विषयमा छलफल हुने सचिव गणेश साहले बताए।

लामो समयदेखि टार्दै आएको माओवादीको केन्द्रिय समितिको बैठक आगामी पुस ३ गते बस्ने बताइएको छ। सोही बैठकको तयारीका लागि आज स्थायी समितिको बैठक बस्न लागेको हो।

आजको बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा लगायत कार्यसूचीमा राखिएको सचिव साहको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।