प्रधानमन्त्रीसँग मेरो कुनै मनमुटाव छैन: अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र आफूबीच मनमुटाव भएको भनी गरिएको प्रचारप्रति आपत्ति जनाएका छन्।

आइतबार कला परिषद्‌मा आयोजित फोटो प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले प्रधानमन्त्री र आफूबीच दूरी बढेको भन्ने समाचारहरू सत्यताबिहीन रहेको भन्दै यस्तो प्रचारको कुनै आधार नभएको बताए। उनले भने, ‘प्रधानमन्त्री र मेरो बीच दूरी बढेको भन्ने समाचारहरू प्रतिक्रिया दिन लायक पनि छैनन्। यस्तो गलत प्रचारबाट कसैलाई फाइदा हुँदैन। यो केवल मनको लड्डू घ्यूसँग खानुको उपज हो।’

अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीको हालैको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको दाबी गर्दै सन् २०१६, २०१८, र २०२४ का भ्रमणहरू सफल र उपलब्धिपूर्ण रहेको उल्लेख गरे। उनले भ्रमणले नेपालका दीर्घकालीन विकासका योजना अघि बढाउन मद्दत गरेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।