कस्तो छ आजको मौसम पुर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रीय हुँदा आंशिक बदलीदेखि हल्काखाले वर्षाको पूर्वानुमान गरिएको छ । 

मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भेगको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एक/दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक/दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयन सेवामा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।