कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन् । दोस्रो भएका माओवादी उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५ मत प्राप्त गरेका छन् ।

२०७९ काे निर्वाचनमा दोस्रो भएको एमाले उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत मात्र प्राप्त गरे ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।