विदेशी मुद्राको बढ्यो कि घट्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राहरुको मूल्य बढेको छ। तर, अमेरिकी डलर र बहराइन दिनारको मूल्य भने हिजोकै यथावत छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा थियो। 

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८३ र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७६ र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा छ। विगत तीन दिनदेखि  बहराइन दिनारको कारोबार मूल्य यही छ। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।