महोत्तरीको रामगोपालपुर-२ मा एमालेका खाँ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सकिवुल खाँ विजयी भएका छन्।

उनले ६३१ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार आइतीकुमारी यादवलाई पराजित गरे। आइतीकुमारीले ५३४ मत प्राप्त गरिन्।

मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार अन्य प्रतिस्पर्धीमध्ये नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ र जनता समाजवादी पार्टीका नजामुदिन खाँले ३८ मत मात्र प्राप्त गरे।

यसअघि यो वडामा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका मुकेश कुमार यादव विजयी भएका थिए। मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो।

मुकेशको मृत्युपछि उनको स्थानमा उनकी श्रीमती आइतीकुमारीले उम्मेदवारी दिएकी थिइन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।