तिलागुफा–४ मा नेमकिपाका खडकराज शाही विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खडकराज शाही विजयी भएका छन्।

शाहीले १४३ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीलाई पराजित गरेका हुन्। उनले ११५ मत पाइन्।

अन्य दलका उम्मेदवारहरूले क्रमशः एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले समान १५ मत प्राप्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।