गगनलाई प्रचण्ड सचिवालयको जवाफ- नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालई जवाफ फर्काएको छ ।

यसअघि बिहीबार कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष दाहालले हप्तैपिच्छे ‘प्रधानमन्त्री बनिदिनुस्’ भनेर खबर पठाउने गरेको बताएका थिए ।

यसको जवाफमा प्रचण्ड सचिवालयले भनेका छन्, ‘माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ ।’

दाहालका स्वकीय सचिव रमेश मल्लले यस्तो अभिव्यक्ति दिने महामन्त्री थापालाई कीर्तिपुरमा कांग्रेसको ओरालो बाटो देखेर बोलेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘महामन्त्री जी, कीर्तिपुरको निर्वाचनमा कांग्रेसको ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसङ्ग छचल्किएछ ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।