एसीसी पुरुष अन्डर–१९ एसिया कप, नेपाल पहिलो खेल श्रीलंकासँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछ। 

दुवै टोली  सुखद् सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदैछन्। बलियो मानिएको श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ। शक्ति गौचनको प्रशिक्षणमा नेपाली टोली एसिया कपमा उत्रन लागेको हो। नेपालले आफ्नो दोस्रो खेल पर्सी आइतबार बंगलादेश र तेस्रो खेल मंगलबार अफगानिस्तानसँग खेल्ने तालिका छ। 

प्रतियोगितामा एसियाका आठ देश सहभागी छन्। नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन्।  

यसैबीच आजै हुने अर्को खेलमा अफगानिस्तान र बंगलादेश भिड्ने छन्। बंगलादेश साविक बिजेता पनि हो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।