वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्टको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोहन वैद्य नेत्तृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आज (बिहीबार)देखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन न्यूरोडस्थित भूगोलपार्कमा हुनेछ। 

गतसाल नेकपा (बहुमत) र यसै वर्षको वैशाखमा नेकपा (मसाल)का सन्तबहादुर नेपालीसँग एकता भएपछि क्रान्तिकारीले महाधिवेशन गर्न लागेको हो। महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै नयाँ कार्यदेश तय गर्ने बताइएको छ।

मङ्सिर २३ गते सम्म सञ्चालन हुने बन्दसत्रमा अध्यक्ष मोहन वैद्यले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन माथि छलफल गरी परिमार्जन सहित पारित हुनेछ । 

महाधिवेशनमा देशभर बाट साढे तीन समय प्रतिनिधि सहभागी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।