परराष्ट्रमन्त्री राणा आज चीन जाँदै, प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि मन्त्री राणा नेतृत्वको टोली त्यस तर्फ जान लागेको हो। 

त्यहाँ रहदा मन्त्री राणाले  चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक भेट गर्नेछिन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 प्रधानमन्त्री ओली मंसीर १७ गते चीन भ्रमणमा जाने तयारी  छन्। सोही भ्रमणको तारतम्य मिलाउन उनी चार दिन अघि नै चीन जान लागेकी हुन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।