पूर्वमन्त्री लीलाबल्लभलाई उन्मुक्ति, मुद्दा नचलाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीले उन्मुक्ति पाएका छन् ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले मानव तस्करी प्रकरणमा जोडिएका अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।

प्रमाण नपुगेकाले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । सोही प्रकरणमा अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । उनीसँगै खोटाङका ४१ वर्षीय जनक राई, ३७ वर्षीय दावा शेर्पा र रसुवाका २१ वर्षीय कञ्चन देवकोटा जापान गएका थिए । तर, जापानको नारिता विमानस्थलले अधिकारीसहित चारै जनालाई नेपाल फर्काएपछि घटना बाहिरिएको थियो ।

नेपाल फर्केपछि अधिकारी विमानस्थलबाट छुटेका थिए भने अन्य तीन जनालाई नियन्त्रण लिइएको थियो । चौतर्फी विरोध भएपछि अधिकारीलाई पनि प्रहरीले कात्तिक २५ गते पक्राउ गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।