भारतमा कोरोना संक्रमितको संख्या २९ लाख नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २९ लाख नाघेको छ। शुक्रबार ६९ हजार ३९ जनामा संक्रमण पहिचान भएसँगै कुल संक्रमितको संख्या २९ लाख ७३ हजार ३६८ पुगेको छ।

भातरमा संक्रमितमध्ये ७० प्रतिशतभन्दा धेरै निको भइसकेका छन्। अहिलेसम्म भारतमा २२ लाख २० हजार ७९९ जना संक्रमणमुक्त भएका छन् भने ५५ हजार ९२८ जनाको मृत्यु भएको छ।

६ लाख ९६ हजार ६४१ जना सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ। भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको परीक्षण गरिएको छ।

दैनिक संक्रमणदर भारतमा, अमेरिका र ब्राजिलभन्दा धेरै छ। विश्वको शीर्ष तीन सूचीमा अमेरिका, ब्राजिल र भारत छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।