यू–१९ महिला टी–२० विश्वकप छनोटः निर्णायक खेलमा नेपाल दुबईसँग भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले आज आयोजक दुबईसँग खेल्दैछ।

दुबईस्थित दी सेभेन डिस्ट्रिक्ट मैदानमा हुने नेपाल र दुबईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ।

आजको खेल दुबै टोलीका लागि निर्णायक मानिएको छ। आजको खेलमा जित्ने टोली मात्रै यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ।

छनोटमा आयोजक संयुक्त अरब इमिरेट्स (युएई) मात्रै त्यस्तो टोली हो, जसले हारको सामना गर्न परेको छैन। पाँच खेलमा १० अङ्क पु¥याएको युएई अङ्कमा मात्रै होइन नेट रनरेटमा पनि नेपालभन्दा अगाडि छ।

चौथो खेलमा युएईसँग १३ रनले पराजित भएसँगै नेपाल छनोटमा पछि परेको थियो। युएईले पाँचौं खेलमा थाइल्यान्डलाई नौ विकेटले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ।

यस्तोमा आज हुने युएई र नेपालबीचको अन्तिम खेलले नै यो क्षेत्रबाट अर्को वर्ष मलेसियामा हुने विश्वकपमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ। नेपालले पहिला ब्याटिङ गर्दै १४० रन बनाउँदा युएईलाई २१ रनले पराजित गर्नुपर्नेछ। तर, युएईले ब्याटिङ गर्दा १४० को योगफल बनाए नेपालले उक्त लक्ष्य १६.१ ओभरमा पूरा गर्नुपर्नेछ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।