यू–१९ महिला टी–२० विश्वकप छनोटः नेपाल आज कुवेतसँग भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ।

दुबईस्थित दी सेभेन डिस्ट्रिक्ट मैदानमा हुने नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार अहिले बिहान ११ः १५ बजेबाट सुरु हुनेछ।

नेपालले हालसम्म चार खेलमध्य तीनमा जित हात पारेको छ। र, ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। कुवेत भने लगातार चार हार व्यहोर्दै अङ्कविहीन अवस्थामा रहेको छ।

आजको खेलमा जित निकाल्दै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।

विश्वकप छनोटअन्तर्गत आजै आयोजक युएई र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।