असाेज १८ गते आइतवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग 

काठमाडौं । १८ कार्तिक २०८१ | आइतवार ३-नाेभेम्बर २०२४। कार्तिक शुक्लपक्ष द्वितीया तिथि, २०ः२४ बजेपछि तृतीया। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।

आजको राशिफल

मेष : समय सामान्य छ। धन खर्च हुनेछ। रोगसँग लड्ने क्षमता घटेर स्वास्थ्यमा समस्या हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : समाजमा राम्रो काम गर्छु भन्दाभन्दै अप्ठेरो परिस्थिति बन्नसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। व्यापारमा घाटा हुने जोखिम छ। साथीभाइले असहयोग गर्नेछन्। संकटमा परिवारले भने साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सानो कुराले झन्झट बढे पनि शुभ ग्रहको बहुमत भए शिक्षामा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

सिंह : हरेक क्षेत्रमा सोचेको जस्तो काम नहुने जोखिम छ। गम्भीर भएर अगाडि बढ्नुपर्नेछ। तपाईंको इज्जतमा दाग लाग्ने खतरा छ। दिदीबहिनीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ।

कन्या : दिन रमाइलो छ। समाजमा तपाईंको बोलीको प्रभाव राम्रो रहेको छ। परोपरकारमा सहभागी हुनु राम्रो हुनेछ। चेलीले दिएको उपहारले खुशी दिनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। परिवारले तपाईंको प्रशंसा गर्नेछन्।

तुला : धनलक्ष्मी योग परेको छ। लामो समयदेखि रोकिएको सम्पत्ति प्राप्त हुनेछ। साथीसँगको तर्कले अप्ठेरो परिस्थिति बन्नसक्छ। तर्क नगर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग पाइनेछ।

वृश्चिक : आफ्नै राशिमा शुभग्रहको बहुमत रहेकाले ठुला काममा आँट गर्ने दिन छ। मनमा सानो कुराले चिन्ता हुनेछ। छाति खुला बनाउनुपर्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने दिन छ।

धनु : धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। संयुक्त लगानीबाट फाइदा हुने योग छ।

मकर : खर्च बढ्नेछ। आफन्तले असहयोग गर्ने भएकाले आफन्तसँग सचेत बन्नुपर्ने दिन छ। विपक्षी समूह सक्रिय भएकाले व्यवहार गर्दा ध्यान दिनुपर्नेछ। परिवारमा भने शान्ति मिल्ने दिन छ।

कुम्भ : भाग्यको स्थानमा शुभग्रहको बल छ। मध्य साढेसातीको दशाले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारले घर व्यवहारमा सकारात्मक साथ दिनेछन्।

मीन : साना कुराले मनमा झन्झट हुनसक्छ। बिहान उठेर गणेशको पूजा गर्नाले दिन सहज बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारले तपाईंको बचाउ गर्नेछ। प्रेम सम्बध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।