विदेशबाट हुने उद्धार उडानहरू अनिश्‍चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  साउदी र कुवेतमा अलपत्र नेपालीहरूको लागि तय गरिएको उद्धार उडान पुनः स्थगित गरिएको छ।

मंगलबारबाट पूर्वनिर्धारित उडानहरु तत्कालका लागि रद्द गरिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान स्थगित गरिएको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएका छन्।

अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु गर्ने गरी तत्कालका लागि उडान रोक्ने निर्णय भएको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सोहीअनुसार यसअघि तय भएका सबै उडान रोकिएको नेपाल एयरलाइन्सले जनाएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि हिजोदेखि पाँचौँ चरणको उद्धार उडान तय गरिएको थियो। नेपाली र विदेशी एअरलाइन्सहरूले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गरिरहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।