साफ वुमन्स च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः ३० बजेबाट सुरु हुनेछ।

नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रने बताएकी छन्।

तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले राम्रो लय समातेको हुँदा आजको खेल दुबै टोलीका लागि चुनौतीपूर्ण हुनेछ।

तर, नेपाल आजको खेलमा सावित्रा भण्डारी साम्बाबिनै मैदान उत्रन लागेको छ। फ्रेन्च महिला लिगमा उनी व्यस्त रहेकोले साफको पहिलो खेल उनले गुमाउने भएकी हुन्।

नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो। जसमा सबै खेल नेपालले जितेको छ।

आजै समूह ‘बी’ को पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। दशरथ रङ्गशालामा हुने यो खेल दिउँसो १ बजेबाछ सुरु हुनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।