ठाउँठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  लगातारको वर्षाले पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा आज बिहानदेखि सडक पूर्ण रूपमाअवरुद्ध भएको हो। 

यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। 

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। निरन्तरको वर्षाका कारण सडक भासिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।