काठमाडौँ । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान काठमाडौँको १४औँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित साधारणसभामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी थिए ।
बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको कार्यक्रममा उपस्थित घिमिरे बन्धुबीच विभिन्न विषयमा छलफल भएको थियो ।
त्यस अवसरमा एसईईमा ४ जिपिए ल्याएका विश्वास घिमिरेलाई सम्मान गरिएको थियो । यसैगरी, ९६ वर्षीया लीलादेवी घिमिरे तथा प्रतिष्ठानको आजीवन सदस्यता लिएका प्रतिनिधिहरूको पनि सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा रामेछाप, चितवन, झापा, लमजुङ, काठमाडौँ, ललितपुर, ओखलढुङ्गा, गोरखा, इलाम, कास्की, काभ्रेपलाञ्चोक, भोजपुरबाट प्रतिनिधिको सहभागिता थियो ।
यसैगरी, दोलखा, पाँचथर, सिन्धुली, दाङ, गुल्मी, धनुषा, धनकुटा, धादिङ, तनहुँ, सुर्खेत, सिन्धुपाल्चोक, रूपन्देही, म्याग्दी, बाग्लुङ, नुवाकोट, पाल्पा, खोटाङ, सोलुखुम्बु, भक्तपुर, रौतहट, मोरङ, म्याग्दीलगायतका जिल्लाबाट जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।
अधिवेशनबाट नयाँ समिति चयन भएको छ । नयाँ समितिमा अध्यक्षमा श्री चेतनाथ घिमिरे झापा, प्रथम उपाध्यक्ष, श्री डिल्लीप्रकाश घिमिरे, पाँचथर द्वितीय उपाध्यक्ष, श्री मुकुन्दराज प्रकाश घिमिरे, लमजुङ्ग तृतीय उपाध्यक्ष, श्री ईश्वरी प्र. घिमिरे, हर्मी, गोरखा महासचिव, श्री महेश्वर घिमिरे, गोरखा सह-महासचिव, श्री पुण्य प्रसाद घिमिरे, ईलाम सचिव, श्री केशब प्र. घिमिरे, नक्साल, काठमाडौं ,कोषाध्यक्ष, श्री श्रीधर घिमिरे, दाङ,सह-कोषाध्यक्ष, श्री हिरा घिमिरे रेग्मी, लमजुङ्ग सह सचिव र श्री मदन घिमिरे, धनकुटा निर्विरोध चयन भएका छन ।
यसैगरी, सदस्यहरुमा श्री जगदीश्वर घिमिरे, ल.पु.,श्री राम प्र. घिमिरे लमजुङ, श्री केदार प्र. घिमिरे ल.पु., श्री काशीनाथ घिमिरे, ल.पु.,श्री दिपकराज घिमिरे कास्की श्री सागर कु. घिमिर, झापा,श्री आनन्दराम घिमिरे गुल्मी,श्री बेद प्र. घिमिरे काभ्रेपलाञ्चोक,श्री धर्मराज खत्री घिमिरे काठमाडौँ श्री विश्वराज घिमिरे, दाङ्ग,श्री रामशरद खत्री के.सी. घिमिरे काठमाडौं,श्री अजय घिमिरे चितवन, श्री कपील घिमिरे ललितपुर श्री चोकराज घिमिरे खोटाङ,श्री सूर्य (शंभु) प्र. घिमिरे रामेछाप,श्री रामहरी घिमिरे जोरपाटी, काठमाडौं,श्री अग्नि प्रसाद घिमिरे झापा,श्री गोबिन्द प्र. घिमिरे कास्की,श्री केशब प्र. घिमिरे नुवाकोट,श्री श्याम बहादुर खत्री घिमिरे काठमाडौं, श्री शुसीला घिमिरे काठमाडौं, र श्री कमला घिमिरे पाल्पा निर्विरोध चयन भएका छन ।
Comment