प्रथम टोखा मेयर कप वादोरियो कराते: सुजन र अप्सनालाई स्वर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टोखा भैरवका खेलाडीद्वय सुजन तामाङ र अप्सना रोका मगरले प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगिताको एकल कातातर्पm पुरुषमा सुजन र महिलामा अप्सनाले स्वर्ण जितेका हुन्। पुरुष २५ केजीमुनि अजिमाका अनुरोज थापा मगर, ३० केजीमुनि गोंगबुका सिहान राना, ३५ केजीमुनि मनमैजुका शुलभ राजवाहक र ६० केजीमाथि मनमैजुका सुरज राजवाहकले स्वर्ण जिते। 

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला २५ केजीमुनि रोयल करातेकी निशुका महर्जन र ३० केजीमुनि गोदावरीकी आइस्टी पहरीले स्वर्ण जिते।

त्यस्तै ३५ केजीमुनि गोंगबुकी युनिका अधिकारी, ४० केजीमुनि मनमैजुकी एलिना तामाङ, ४५ केजीमुनि मनमैजुकी प्रतीक्षा तामाङ र ५० केजीमुनि नागार्जुनकी सृजना तामाङले पहिलो स्थान प्राप्त गरे। 

प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका थिए। सो अवसरमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायत उपस्थित थिए। 

टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ती सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको वादोरियो कराते डो संघका केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जानकारी दिए। प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।