काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्साको वीरगंज महानगरपालिकास्थित आफ्नो शाखा स्थानान्तरण गरेको छ ।
बैंकको वीरगंज महानगरपालिका-६, स्थित आदर्शनगर चोकमा रहेको शाखालाई वडा न. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किमी मिटर उत्तर–पूर्वतर्फ) स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
Comment