एन्फा महिला लिग: कोशीको लगातार दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो खेलमा जित निकालेको छ।

बिहीबार भएको दोस्रो चरणको पहिलो खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ ले पराजित गर्‍यो।

कोशीको जितमा बागमतीको आत्माघाती गोल निर्णायक बन्यो। खेलमा अग्रता भने बागमती युथ क्लबले लिएको थियो।

विष्णुमाया बलले २६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन। तर २९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो।

कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। कोशीका लागि निर्णायक तीन अङ्क भने ५५ मिनेटमा बामगतीले आत्मघाती गोलमार्फत दिएको थियो।

बागमतीकी दिव्या मगरले आत्मघाती गोल गर्दा कोशी खेलमा २-१ ले अग्रता बनाउन सफल भयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।