ऐतिहासिक पदक विजेता पलेशाको भव्य स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत गर्न हजारौँ समर्थकहरू विमानस्थल पुगेका थिए।

अहिले पलेशसहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याइनेछ।

पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन्। कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो। सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।