सार्वजनिक बिदामा ओपीडी सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न मुलुकभरका सरकारी अस्पतालहरुलाई सोमबार पत्राचार गरेको छ।

स्वास्थ्य मन्त्रालयको २०८१ भदौ १६ को निर्णय अनुसार सोमबार उक्त परिपत्र भएको हो। 

‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१÷०५÷१६ को निर्णय अनुसार अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।