पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छुः प्रस्तावित राजदूत पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताएका छन्।

हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदूत भएर गए पहल गर्ने उनको प्रतिवद्धता थियो।

सोमवार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रश्तावित राजदूत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताए।

राजदूत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उनले अन्य देशमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताए।

उनले भने, ‘पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं। त्यहाँ रहेका नेपालीहरुको डाटा कलेक्सनको काममा पनि लाग्नेछु। दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि एक्टिभ बनाउनुपर्नेछ। व्यापार घाटा कम गराउने काम पनि गर्नेछु। राजदूत भनेको मार्केटिङ म्यानेजर हो।’ प्रस्तावित राजदूत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।