विश्वकपमा सहभागी क्रिकेट टोलीका सदस्यलाई क्यानले जनही तीन लाख दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँका दरले दिने निर्णय भएको छ। 

नेपाल क्रिकेट संघ क्यानको बिहीबार सम्पन्न बैठकले वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न आईसीसी पुरुष टी–२० विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ।

यस्तै सहयोगी कर्मचारीहरुलाई जनही एक लाख ५० हजार रुपैयाँका दरले दिने निर्णय भएको छ। 

क्यानले देशभर क्रिकेट गतिविधि बढाउन विभिन्न महत्त्वपूर्ण निर्णय पनि गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।