साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उपाधि भिडन्त दिउँसो साढे २ बजेदेखि सुरु हुने भएको छ । 

नेपाल र बंगलादेश दुवै पेनाल्टी सुटआउटबाट जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल यात्राका क्रममा बंगलादेशले भारतलाई र नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा हराएका थिए ।

भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिम सहभागी थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।