काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा आइतबार देखि प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको छ । सीईओ रहेका पूर्ण प्रसाद आचार्यको ४ वर्षे कार्यकाल हिजो शनिवारबाट सकिएपछि आइतबारबाट सीइओ पद रिक्त भएको हो ।
सिडिएसको आइतबार बिहान बसेको संचालक समितिको बैठकले सिडिएसकी उपप्रबन्धक कन्चन सापकोटालाई अर्को व्यवस्था नभएसम्मको लागि कायम मुकायम सीइओको जिम्मेवारी दिएको छ । उनी सिडिएसकी सबैभन्दा बरिष्ठ कर्मचारी हुन् ।
यस अघिका सीइओ आचार्यले २०७७ भदौ ९ गतेबाट कार्यभार सम्हालेका थिए । आफ्नो ४ वर्षे कार्यकालमा सीइओ आचार्यले तथ्यांकको भरपर्दो सुरक्षाको लागि डिजास्टर रिकभरी सेन्टर तयार पार्नेदेखि केन्द्रिकृत ग्राहक पहिचान विवरण लागु गर्नेसम्मका कार्य गरेका थिए।
Comment