आज उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । 

बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । 

बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।