कंगोमा मंकीपक्सबाट ५ सय ७० भन्दा बढीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७ सय जनामा संक्रमण देखिएको र त्यसमध्ये ५७० जनाको मृत्यु भइसकेको बताउनु भयो । भाइरसबाट धेरै संक्रमित भएकाहरु युवा रहेका छन् ।

डिसेम्बर २०२२ मा कंगोले राष्ट्रिय प्रकोप घोषणा गरेको थियो । यो रोगले १७ अफ्रिकी देशहरू र महाद्वीप बाहिरका अरू धेरैलाई असर गरेको छ ।

स्वास्थ्य मन्त्रीले सरकारको हस्तक्षेपले देशभित्र ठूलो मात्रामा फैलिनबाट रोक्न मद्दत गरेको बताउनु भयो । अफ्रिकी संघको स्वास्थ्य एजेन्सीका अनुसार २०२४ मा रिपोर्ट गरिएको नयाँ मंकीपक्स मामिलाहरूको संख्या २०२३ को सोही अवधिको तुलनामा १६० प्रतिशतले वृद्धि भएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।