आम्दानीसँगै बढ्यो साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक वर्षमा ६ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीको खुद नाफा ६ करोड २१ लाख रुपैयाँे कायम भएको छ । तर, कम्पनीको नाफा अघिल्लो आवको तुलनामा भने १९.७७ प्रतिशत कमी हो । अघिल्लो आवमा पनि कम्पनीले ७ करोड ८८ लाख नाफा कमाएको थियो ।

नाफा घटेपनि आम्दानी पनि उच्च दरमा बढाएको छ । अघिल्लो आवमा कम्पनीको आम्दाननी ८ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने ५२ प्रतिशत बढेर १३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३९७ रुपैयाँ ६२ पैसा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।