बेल्जियमको राजदूतमा परराष्ट्र सचिव सेवा लम्साल सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सिफारिस गर्ने निर्णय गरेको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूतमा सिफारिस गरेको हो ।

उनी गत वर्ष २९ मंसिरमा परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको सचिव हुने पहिलो महिला हुन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।