सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वसको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिव वेदबहादुर बोगटीले जानकारी दिए। 

नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १० दिनपछि उनले विश्वासको मत लिन लागेका हुन्। 

नियुक्त भएकोे ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। 

अहिले प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११  र नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन् । विपक्षमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।