बन्द प्रशिक्षणका लागि बोलाइए २२ क्रिकेटर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइसिसी विश्वकप लिग–२ का लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल क्रिकेट संघ (क्यान) सोमबार लिग–२ अन्तर्गत क्यानडामा हुने शृंखलाका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। नेपालले आगामी सेप्टेम्बरमा क्यानडाको भ्रमण गर्दै छ।

उक्त शृंखलामा नेपालसहित क्यानाडा र ओमान छन्। लिग–२ मा नेपालका लागि यो दोस्रो शृंखला हो। यसअघि घरेलु मैदानमै सम्पन्न पहिलो शृंखलामा नेपालले चार खेल खेल्दा एक मात्र जित निकालेको थियो। बन्द प्रशिक्षणमा देव खनाल, भीम सार्की, आरिफ शेख, आकाश चन्द, रिजन ढकाल, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द र अर्जुन साउद छन्।

त्यसबाहेक अन्य खेलाडी भने गत ट्वान्टी–२० विश्वकप खेलेका अधिकांश सदस्य छन्। गत विश्वकप खेलेका कप्तान रोहितसहित ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, करण केसी, गुल्सनकुमार झा, कमलसिंह ऐरी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, सोमपाल कामी र सन्दीप जोरा क्यानडा भ्रमणका लागि टोलीमा छन्। गत विश्वकपमा रहेका प्रतीश जिसी र अविनाश बोहोरालाई भने प्रशिक्षणमा बोलाइएको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।