भारतलाई ३२ रनले हराउँदै श्रीलङ्काको पहिलो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  भारतविरुद्धको ३ एकदिवसीय खेलमा श्रीलङ्काले पहिलो जित हात पारेको छ।

श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा गयराति सम्पन्न खेलमा भारतलाई ३२ रनले हराउँदै श्रीलङ्काले पहिलो जित हात पारेको हो। जितसँगै श्रीलङ्का सिरिजमा १–० ले अघि बनेको छ।

यसअघिको पहिलो एकदिवसीयमा दुबै टीमले बराबरी खेलेका थिए।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको श्रीलङ्कन टीमले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २४० रन बनायो। श्रीलङ्काको जितका लागि अभिस्का मेन्डिस र कामिन्दु मेन्डिसले समान ४०÷४० रनको योगदान दिए।

यस्तै दुनिथ वेल्लालगेले ३९ रन बनाउँदा कुशल मेन्डिसले ३० रनको पारी खेले। भारतका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३ विकेट लिँदा कुलदिप यादवले २ विकेट लिए भने मोहम्मद सिराज र अक्षर पटेलले समान १÷१ विकेट हात पारे।

यता, २४१ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले खासै राम्र प्रदर्शन गर्न सकेन। भारतीय टीमका कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन र अक्षर पटेलले ४४ रनको पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन। भारतलाई जितबाट रोक्न श्रीलङ्काका जेफरी वान्देरसयले सार्वधिक ६ विकेट लिँदा कप्तान चरिथ असलङ्काले ३ विकेट हात पारे।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय बुधवार हुनेछ।

भारत र श्रीलङ्का बीच यसअघि भएको ३ खेलको टी–२० सिरिजमा भारतले सूर्य कुमार कप्तानीमा क्लिन स्वीप गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।