गोरखाको धार्चेमा पहिरो, पाँचजना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखाको धार्चेमा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् ।

गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका–५, रेसामा घर र कृषि फर्म बगाएको हो । स्थानीयका अनुसार पाँचजना बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ । 

अहिले प्रहरी टोली घटनास्थल जाँदै छ र प्रहरी टोली पुगेपछि घटनाको विस्तृत विवरण आउने जनाईएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।