यूएसआईडीको नेपाल निर्देशकमा क्याटी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको अमेरिकी सहयोग नियोग यूएसएआईडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएकी छन्। 

नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार यूएसएआईडीको मुख्यालय डिसीमा उनलाई शपथ खुवाएकी छन्।

कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए। 

उक्त अवसरमा खरेलले यूएसएआईडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे। 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षबारे स्मरण गरिन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।