सिडार्स महिला फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एन्फाले लेबनानमा हुने सिडार्स महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ।

राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधवार चारदेशीय (सिडार्स) महिला फुटबलका लागि २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। 

राष्ट्रिय टोलीको गोलरक्षकमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ रहेका छन्। 

डिफेन्डरमा अमृता जैशी, गीता राणा, हिराकुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना र समीक्षा घिमिरे रहेका छन्। 

टोलीमा रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी मिडफिल्डर रहेका छन्।

फरवार्डमा सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ रहेका छन्। 

आगामी असार २६ गतेबाट लेबनानमा शुरु हुने प्रतियोगिताको उदघाटन खेलमा नेपालले जोर्डनसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। 

लेबनानले आयोजना गर्ने यो प्रतियोगितामा आयोजक लेबनानसहित नेपाल, बंगलादेश र जोर्डन सहभागी रहेका छन्।

नेपाली टोली

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना र समीक्षा घिमिरे

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की र विमला चौधरी

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल र रश्मीकुमारी घिसिङ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।