कोपा अमेरिकामा कोलम्बिायासँग पाराग्वे २–१ गोल अन्तरले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए । ३२ औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ४२ औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए । ६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन ।

जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ । अहिले ब्राजिल र कोष्टारिकाबीचको खेल भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।