टियागो इभीको सबै मोडलको मूल्य एक लाख बढ्यो, तत्काल किन्नेले पुरानै भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी टियागो ईभीको मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार टियागो इभीको सबै मोडलमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको छ । अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार कायम हुनेछ।

नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण २ लाख ५० हजारदेखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार टियागो ईभी खरिद गर्न चाहने ग्राहकका लागि सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ ।

टियागो ईभी नेपालको विद्युतीय चारपाङ्‍ग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार हालसम्म सो गाडीका २ हजारभन्दा बढी ग्राहकहरू रहेका छन् । यो संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गइरहेको कम्पनीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।