रोमानियाको युक्रेनविरुद्ध सानदार जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । युरोकपको पहिलो खेलमै युक्रेन पराजित भएको छ। सोमबार साँझ भएको खेलको खेलमा युक्रेन रोमानियासँग ३–०ले स्तब्ध बनेको हो।

खेलमा रोमानियाले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो। २९ औं मिनेटठमा निकोला स्टान्चुले गोल गर्दै रोमानियालाई अग्रता दिलाए।

त्यसपछि ५३औं मिनेटमा राजवान मारिनले टिमको अग्रता दोब्बर बनाए। ५७औं मिनेटमा डेनिस ड्रागुसले गोल गरेपछि रोमानिया ३–०ले विजयी भयो।

युरोपक इतिहासमै रोमानियाको केवल दोस्रो जित हो। यसअघिका १५ खेलमा १० हार र ५ बराबरी खेलेको थियो।

खेलमा रोमानियालाई पुरै समय दबाबमा राखेपनि युक्रेन गोल गर्न भने असफल भयो। उसले ७२ प्रतिशत बल पोजेशन बनाउँदै १३ सट पैहार गर्दा २ सट फ्रेममा थियो। यता, रोमानियाले ९ सटमध्ये ५ सट फ्रेममा प्रहार गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।