प्रधानमन्त्री मोदीसँगै ३० जना मन्त्रीले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्रीले तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्।

भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विभिन्न राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख तथा भारतका उच्च संवैधानिक, राजनीतिक, कूटनीतिक तथा सार्वजनिक क्षेत्रमा व्यक्तित्वहरुको उपस्थितिमा मोदीको शपथ भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ शपथ लिएका छन् । उनीसँगै मन्त्रीहरू अमित शाह, राजनाथ सिंह, नीतिन गडकरी, जेपी नड्डा र शिवराज सिंह चौहानले पनि शपथ लिएका छन् ।

नरेन्द्र मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । उनी अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।