टी-२० विश्वकप: नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले नेपालाई ६ विकेटले हराएको हो ।नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यनेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा  भेट्टायो ।

नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा  ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १-१ विकेट लिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।