काठमाडौं । सुनको भाउ फेरि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।
Comment