नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल २ वर्ष थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।

जेठ २ गते बसेको बैंक संचालक समितिको बैठकले सीईओ ढुंगानाको कार्यकाल २ वर्ष थप्ने निर्णय गरेको हो ।

थपिएको कार्यकाल आगामी असार १७ गतेदेखि लागू हुने बैंकले जनाएको छ । ढुंगानाले २०७९ असार १७ गतेदेखि बैंकको नेतृत्व सम्हालेका थिए ।

ढुंगानासँग बैंकिङ क्षेत्रमा ३ दशक लामो काम गरेको अनुभन छ । उनी नबिलको सीईओ हुनअघि साविकको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।